पोखरा-२३, १ चैत।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्यो । चिनको हुपई प्रान्तको उहान बाट फैलिएको कोरोना भाइरस (कोविड-१९) १ सय १२ देशमा देखिएको छ भने विश्व सासंकित अवस्थामा छ र यहि सन्दर्भमा विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको बताएको छ। ने.वि.संघ पोखरा मा न पा वडा नं २३ कार्यसमिति को प्रतिनिधित्वमा ने.वि.संघ कास्की क्षेत्र नं ३ पुर्व सभापति सुमित पराजुलीको प्रमुख अतिथ्यता र नेविसंघ पुर्व ईकाई सचिब बिबेक पराजुलीको संयोजकत्वमा कोरोना भाईरस सम्बन्धि सचेतना प्रवर्द्धन गर्दै वडा नं २३ मा भाईरसको बारेमा जानकारी, लक्षण र अपनाउन पर्न सावधानी लेखिएको प्रचा वितरण गरेको छ। नेविसंघ पोखरा–२३ को कार्यसमितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।
विश्वमा फैलिंदै गएको कोरोनाको जोखिममा नेपाल पनि रहेको भन्दै नेविसंघले सचेतना कार्यक्रम आयोजना गरिएको सभापति सुजन पराजुलीले जानकारी दिए । पोखरा-२३ स्थित बर्याङ्ग, घाटिछिँदा, लुकुवा, चापाकोट, ठूलाखेतमा पर्चा वितरण गरिएको उनले बताए ।
कार्यक्रममा नेविसंघ कास्की क्षेत्र नं. ३ का पूर्व सभापति सुमित पराजुली पनि सहभागी थिए भने नेविसंघ पूर्व ईकाई सचिव विवेक पराजुलीको संयोजक रहेका थिए । उक्त अवसरमा वडा नं. २३ मा भाईरसको बारेमा जानकारी, लक्षण र अपनाउन पर्न सावधानी लेखिएको पर्चा वितरण गरेको सभापति पराजुलीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेथ रहेका नेविसंघका पूर्व क्षेत्रीय सभापति सुमित पराजुलीले
“प्रमुख प्रतिपक्षीय ने.बि.संघ सरकारको बेथितिको बिद्रोहको प्रतीक मात्र नभैइ मानवीय बिपत्तिको घडिमा साहानुभुति सहजताको सृजनशिल सहयात्री प्रतिबिम्ब पनि भएको र यसको ज्वालन्त उदाहरण ने.बि.संघ पोखरा २३ भएको कुरा बताउदै सतर्कताको लागि जनचेतना अभियान गरेको स्पष्ट पारे।
कार्यक्रम संयोजक विवेक पराजुलीले कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन नेविसंघले अभियान सञ्चालन गरेको भन्दै प्रत्येक घरमा पुगेर सतर्कता जगाउने र पर्चा वितरण गर्ने जानकारी दिए ।
कार्यक्रममा सुमित पराजुली, बिबेक पराजुलि, सुजन पराजुली, दिपिका घताने, चन्दन पराजुली, नितेश चापागाईं र टिकाराम बिक लगायत सहभागी थिए ।
इकाई सभापति सुजन पराजुलीले ने.वि.संघ शैक्षिक क्षेत्रमा मात्र होइन सामाजिक क्षेत्रमा पनि त्यत्तिकै जिम्मेवार रहेकाले सचेतना फैलाउनु आफ्नो उत्तरदायित्व भएको बताउदै कार्यक्रममा आर्थिक सहयोग जुटाईदिएकोमा ने.वि.संघ नेता पशुपति भट्टराईलाई धन्यवाद दिए।
“चिनले ५ रातमा १०,००० सैयाको अस्पताल ठडाउदा चिनबाट ल्याएका नेपाली कता राख्ने भन्ने बिषयमानै नेपालको संसद एक साता अन्योल हुनुपर्ने हाम्रो वास्तविक दुर्दशा एकातर्फ र अर्को तर्फ हामिलाई सहयोग गर्न दातृ राष्ट्र नै थलिएको अवस्थामा भाईरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने हुदा यो प्रती सजग र सहज वातावरण सृजना गर्दा यस्को रोकथाम र न्यूनीकरण हुने भएकोले नेविसंघले पुर्व तयारी गरेको” ने.वि.संघ नेता बिबेक पराजुलीले बताए ।
0 Comments