१९ वैशाख ०७७ , पोखरा।
नेपाल बिद्यार्थी संघ (नेबिसंघ) ले कोरोना भाईरस लकडाउनबाट प्रभावित पिडितहरु र स्थानीय राहात बितरणमा नपरेका पिडितहरुलाई समेटेर राहात बितरण गरेको छ।
नेविसंघ केन्द्रिय कार्यसमितिले आफ्नो ५१ औं स्थापनाको दिवसको अवसरमा सर्वजनिक गरेको परिपत्र अनुसार नेविसंघ कास्कीको अभियान अन्तरगत निरन्तरता दिदै नेविसंघ पोखरा माहानगरपालिका वडा नं २३ ले राहात बितरण गरेको छ।
नेविसंघ नेता पशुपति भट्टराईले
नेविसंघ पोखरा २३ का पुर्व सभापति जीवन भण्डारीले जुन विधिले व्यवस्था र संविधान जन्मायो त्यही विधि र संवैधानिक भावनालाई कुल्चिएर सर्वसत्तावादी नियती यो बिपत्तिको घडिमा दुरुपयोग गर्दै स्वयत्त आयोगहरु सरकारको छाहारी बन्नु आपत्तिजनक रहेको भन्दै यो असहजता र प्रतिकुलताको अवस्था सुरक्षात्मक सतर्कता र मानविय सहयोगको भावना आप्नाउदै सामना गर्नुपर्ने बताए।
नेता पशुपति भट्टराईको अभिभावकत्वमा र नेविसंघ पोखरा २३को नेतृत्वमा पोखरा माहानगरपालिका वडा नं २३ मा वितरण गरिएको सहयोगमा पोखरा २३ स्थित मार्किमा ४२ घर, हर्पनमा (मार्सिखेत र बिमिराट सहित) बेजिल्लाबाट आएका कामदार समेत गरेर ६० परिवार, चैनपुरमा ३३ घर एवंम पोखरा २३ बाहिर पृथ्वीचोक चार परिवारलाई (१५ केजि चामल,१ पोका तेल, १ पोका नुन) प्रती परिवारको दरले खाध्यन्न बितरण गरिएको जानकारी गर्दै नेविसंघ पोखरा २३ सभापति सुजन पराजुलीले यो सहयोगले अलपत्र परेका व्यक्तिहरुलाई थोरै भए पनि राहत मिल्ने र यस्तै परिस्थितिमा गुज्रीई छाक टार्न पनि मुस्किल परेकोलाई भविस्यमा सक्दो सहयोग गर्न बताए। साथै राहत वितरण कार्यक्रममा सक्रीय सहभागी प्रती आभार प्रकट गर्दै आर्थिक सहयोग गर्नुहुने विशेष प्रतिमा गुरुङ्ग,बिमलागुरुङ्ग, बिकासगुरुङ्ग लगाएत अन्य दाताहरुलाई धन्यवाद दिए।
यो अभियानमा यातायात पाटो व्यवस्थापनमा गाराईदिनुभएकोमा नेविसंघ कास्किका अग्रज दाजु सुवास भण्डारी, सुमिर जङ्ग गुरुङ्ग, प्रताप बानिया र प्रकाश पुनलाई धन्यवाद समेत दिए।
पोखरा माहानगरपालिका वडा नं २३ वडा अध्यक्ष विष्णु पराजुलीले
नेविसंघ कास्की क्षेत्र नं ३ का निवर्तमान सभापति सुमित पराजुलीले यो
राहात बितरणमा धन बहादुर गुरुङ (ने.का पो २३ उपसभापति), पशुपति भट्टराई (नेविसंघ नेता), सुमित पराजुली (नेविसंघ कास्की क्षेत्र नं ३ पुर्व सभापति), जीवन भण्डारी (नेविसंघ ला ग्राण्डी सभापति), बिबेक पराजुली (नेविसंघ पोखरा २३ पुर्व सचिव), अर्जुन पराजुली (नेविसंघ पोखरा २३ पुर्व उपसभापति , नेविसंघ फोर्ट्स केन्द्रिय उपसभापति), सुजन पराजुली (नेविसंघ पोखरा २३ सभापति), मनिस पौडेल (नेविसंघ पोखरा २३ उपसभापति एवंम नेविसंघ पृ.ना.क्याम्पस मानविकी संकाय उपसभापति), चन्दन पराजुली (नेविसंघ पोखरा २३ उपसभापति), टिकाराम बि.क (नेविसंघ पोखरा २३ सदस्य) सहभागी थिए। भने पोखरा माहानगरपालिका वडा नं २३ का वडा अध्यक्ष विष्णु पराजुली, जनप्रतिनिधि भरतराज भण्डारी, गिता भट्टराई उपस्थिती जनाएका थिए। हर्पन टोल संयोजक ज्ञान बाहादुर क्षेत्री, मार्की टोल संयोजक वेल बाहादुर गुरुङ्ग, इन्द्रा लामिछाने, सुस्मा गुरुङ्गले स्थानिय टोलमा सहजिकरण गरेका थिए।

नेविसंघ पोखरा २३ का पुर्व सचिब बिबेक पराजुलीले
नेपाली काङ्ग्रेस पोखरा महानगरपालिका वडा नं २३ का उपाध्यक्ष धन बाहादुर गुरुङ्ग्ले
पोखरा महानगरपालिका वडा नं २३ का जनप्रतिनिधि भरतराज भण्डारी, गिता भट्टराईले यो बिपत्तिको वेलामा आफ्नो सहयोगी उदार भावना बोकेर सेवामा समर्पित भएकोमा नेविसंघ पोखरा २३ कार्यसमिति, सहयोगी दाताहरु लाई धन्यवाद दिए।
नेविसंघ पोखरा २३ ले गत चैत्र १ गते कोरोना भाईरस संक्रमणबाट बच्ने उपाय र अप्नाउनपर्न सावधानिको पर्चा जनचेतना फैलाउदै बितरण गरेको थियो भने वैशाख १० गते चापाकोट असल्चौर खोरपाखामा राहत बितरणमा नपरेका अशक्त, अपाङ्ग र बिपन्न ८ घरधुरि र वैशाख १३ गते नयाँ वस्ती लुकुवामा बेजिल्लाबाट आएका कामदार समेत गरेर ३४ परिवार, खोरपाखा अशक्त अपाङ्ग १ जना र रैकर गाउँ चापाकोट ३ जना परिवारलाईलाई राहत बितरण गरेको थियो। आफ्नो सहयोगरत अभियान निरन्तरता दिदै आएको छ।
थप गतिविधि:
0 Comments