Time

Ticker

6/recent/ticker-posts

गुटबन्दी र अवको ने.वि.संघ !!!


आश्विन २२ गते सोमवार ०७५।

पञ्चायती अँध्यारो युगमा विद्यार्थीमाझ लोकतन्त्रको मसाल बोकेर सडकमा उत्रने विद्यार्थी संगठन हो– नेपाल विद्यार्थी संघ। 
हजारौं बिर्बिरंगनाहहरुको बलिदान त्याग र संघर्षबाट सिञ्चित ने.वि.संघ विधिवत रुपमा स्थापना २००२७ साल बैशाख ६ गते तत्कालीन कांग्रेस सभापति राजनेता बिपि कोइराला र श्रद्देय सन्त नेता कृष्णप्रसाद भट्टराईको पहलमा सम्पूर्ण प्रजातन्त्रवादी विद्यार्थी संगठनलाई एकै छातामूनि राखेर बृहत प्रजातान्त्रवादी विद्यार्थी संगठन निर्माण गर्ने र पञ्चायत विरुद्धको आन्दोलनको मसालले बैचारिक रुपमा बहस गर्दै लोकतन्त्रको उज्यालो जनता समक्ष पुर्याउने उदेश्य बोकेर स्थापित भएको थियो।
पञ्चायत राजा,राणा र सर्वाहारा वर्गको सासकहरुको अत्याचार र अपमानको पर्खाल ढलाउदै लोकतन्त्रको उर्वरभुमि कोर्दै ने.वि.संघ करिब ७ दसक लामो गर्विलो ईतिहास बोकेको सबै भन्दा लामो सबै भन्दा पुरानो बिधार्थि संघ मुलुकमा शान्ती जनतामा मौलिक स्वतन्त्रता र विधार्थिको हकहितको साथै शैक्षिक सुधारमा संघर्षरत रहदै मुलुकमा संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संम्बिधान विजारोपण गर्न अथक योग्दान पुर्याउदै १२ औं महाधिवेशनको संघारमा प्ररम्भ गर्दैछ।

समाज र राष्ट्रले समाजवादको लाभांश प्राप्त गर्नु पर्न समयमा तिनै क्रान्तिको व्याजले पार्टीहरु सास फेरिरहेको वर्तमान  परिस्थितिको प्रत्यक्ष प्रभाव लोकतन्त्र स्थापनामा अ्मुर्त योग्दान पुर्याएको ने.वि.संघ लोकतन्त्रको संस्थागत गर्न क्रममा केही दर्जन अघाएका नेताहरू स्वार्थ बोकेर ‘अझै केही बिग्रेको छैन’ भन्ने भावभङ्गिमा कोठेगुट निर्माणमा व्यस्तताले विचलित भएको भान हुन्छ। 

व्यक्ती बन्न होइन विधि बनाउन लागौ बिधिवत पद्धतिको विकास र सिद्धान्तपुर्ण संगठन अवस्य संगठक लाईनै मेवा मिल्नेछ। 

लोकतन्त्रको प्रय अर्थ एकतर्फ विधिको शासन छ र अर्को तर्फ लोकतन्त्र हुर्काउने खुराक निर्वाचन अर्थात जनमतको सम्मान साथ बहुदलिय, बहुएकाईको प्रतिष्प्रधा नै हो। लोकतन्त्र लाई जिवित राख्न मलजल गर्न प्रतिस्पर्धा नितान्त आवस्यक छ। जस-अनुरुप गुटको सृजना हुनु स्वभाविक हो। तर संगठनिक प्रतिस्पर्धाको लागि अर्थात विधिको बाटोमा डोरिनको लागी लोकतन्त्र बलियो बनाउनको लागी सृजित गुटबन्धी व्यक्तिगत स्वार्थमा परिस्कृत बन्नु  लोकतन्त्रको लागि असोभनिय र दुर्भाग्यपूर्ण छ।

समय संगस्ंगै थुप्रै क्रान्तिले प्यास पनि मेटाए समय बदल्नकै लागि थुपै वीर बिरंगनाहरुले रगतको भेल संग स्वतन्त्र र स्वाधिन राष्ट्र साट्न पछि हटेन्न फलस्वरूप आज यो सौंहाद्र अवस्थामा आईपुग्दा साच्चिकै समयले थुप्रै नेतृत्व उत्पादन गर्यो १२ औं माहाधिवेशनले पनि उत्पादन गर्ला तर अब समयले नेतृत्व उत्पादन गर्ने मात्र होइन समय बदल्ने नेतृत्व सक्तिको नै आजको आवस्यकता हो । चाहे त्यो राष्ट्रिय सवालमा प्रश्न उठोस या संगठनिक।
२००७ साल देखिकी जनताको पसिना र त्यागको उपलब्धि मुलुकको संघिय लोकतान्त्रीक संविधान कार्यन्यन गर्न विधार्थी राजनीतिको गौण भुमिका रहन्छ। संघिय संरचना संगै धरासायी रुपमा रहेको संघियता बलियो र सफल बनाउन राष्ट्रियता र लोकतन्त्र मझ्बुत हुनुपर्छ। 

हामीले बी.पीको लामो जीवन फर्केर हेर्यौँ भने झण्डै ४० वर्षको राजनीतिक जीवन नेपालमा बित्यो। त्यो भन्दा पहिले हिन्दुस्तानमा झण्डै ५० वर्ष सक्रिय साथ कार्यरत हुनु हुन्थ्यो। हिन्दुस्तानको समयसहित झण्डै ५० वर्षको सक्रिय जीवन देखिन्छ। यी सबै जीत या हारको एउटै लक्ष्य थियो नेपाली जनतालाई अथवा मानव जातिलाई मात्र बढिभन्दा बढी  संमृद्ध र स्वतन्त्र कसरी बनाउने? 

सायदै प्रदीप गिरिको शब्दमा “स्वतन्त्रता हुँदै जाने, गर्दै जाने र विकसित हुँदै जाने प्रक्रिया हो।” बिडम्बना नै भन्नुपर्छ अझैपनी लोकतन्त्रको खोल ओडेर साशकहरुको खिचातानिमा नागरिक वाक स्वतन्त्रता यो वा त्यो बहानामा पिल्सिन बाध्य छौं। अबको ने.वि.संघ जनता समझ लोकतन्त्रलाई पुर्ण प्रत्याभुती दिलाई यसैलाई  संस्थागत गर्दै,

विचार विमर्श र बिद्रोहको प्रकाष्ट सडक तताएर सदन तर्साउने मात्र होइन अवको ने.वि.संघ आकासलाई छानो बनाउदै वाच्ने बालबालिका हुन या तुईन चडेर आर्जन गरेको सर्टिफिकेट बिदेशमा भाँडा माझ्न बेच्ने बाध्यतालाई स्वदेशमानै उत्पादनमुखी,आधुनिक,आत्मनिर्भर शिक्षाको रुपमा स्थापित गरि बजारमा काम खल्तीमा दाम र समाजमा नाम हुनेगरी अगाडि बडाउनुपर्न जिम्मेवारी ने.वि.संघको काधमा छ। 

बिडम्बनानौ मान्नुपर्छ नेपाली वामपन्थीहरू जसरी कम्युनिष्ट ‘ट्रेडमार्क’को आवरणमा जनविरोधी कार्य गर्दैछन्, त्यसरी नै लोकतान्त्रिक ‘ट्रेडमार्क’ भिरेर नेपाली कांग्रेस नेतृत्व सुक्ष्म मानसिकता बोकेर ने.वि.संघको उमेर हदबन्दीको विषयमा पार्टिको हस्ताक्षप अलोकतान्त्रिक छ। लोकतान्त्रिक पार्टीको भातृ संगठनमा उमेरहदबन्दी विधार्थी र कार्यक्रता समक्ष बैज्ञानिक छ ? या छैन हितकारी छ या छैन? त्यो एकतर्फी संगठनिक बहसको पार्टो छ तर, हिजो आईतवार मध्यरात भातृसंगठन विधान बन्नु पुर्व भातृसंगठन प्रति माउपार्टी नेतृत्वको हस्तक्षेप सिङ्गै लोकतान्त्रिक संगठन सुवेच्छुक विधार्थिहरुमा हितकारी र न्यायिक निर्णय पक्कै होइन। विवादित जिल्लाहरुमा अधिवेशनको मिति तय गरि तोकिएको मिति सम्म प्रतिनिधि नपठाउनु नियोजित ढङ्गले लोकतान्त्रिक संगठन भित्र अधिवेशन नगर्ने र आफूअनुकूल हुने गरी तदर्थ समिति बनाउने चलखेल भर्सना योग्य छ। रैतिबाट जनता बनाउदै लोकतान्त्रीक आधुनिक नेपालको ढोका खोलेको ने.का र भातृ संगठन ने.वि.संघमा आज मुलभुतरुपमा स्मरण योग्य,चिन्तन योग्य र मनन गर्नुपर्न संवेदनशील प्रश्न लोकतान्त्रिक समाजवादको उदेश्य बाट बिचलित नभैइ उदेश्य उन्मुख हुनु हो।

जस्को लागि अबको नेतृत्व निषेध,नियन्त्रण र निर्दशन बाट होइन निर्वाचन बाटै कस्को भन्दापनी कस्तो नेतृत्व भन्ने प्रश्न प्रथामिकता पाउनुपर्छ। तब मात्र साचो अर्थमा लोकतान्त्रीक रङ्ग संगठनको अङ्गको रुपमा यथार्थतामानै झल्किन्छ। 

तसर्थपनि गुटबन्दीको व्यक्तिगत स्वार्थको प्रेम अगाडि संगठनिक विधी मर्यादा र कार्यसैली एउटै हुनुपर्छ। तवमात्र संगठनिक रक्तसञ्चार स्फुर्तहुन्छ र देशलाई मार्गदर्शन गर्न अव्वल रहन्छ।

वि.पि कोइरालाले राजाको फोटो हटाएर भित्तामा हलो जोत्दै गरेको किशानको फोटो झुण्डाउने साहासिपुर्ण कदम तत्कालिन समयमा एउटा जनताको स्वतन्त्रता अर्थात पेसाको सम्मान, अभिमतको सन्देश र विश्वासको संकेत फैलाउनुभएको थियो। 

प्रधानमन्त्री भएर उहाँको कार्यकाल धेरैै दृष्टिले सफल रह्यो। सबैभन्दा ज्यादा मन्त्रिमण्डलमा आफैले मितव्ययीताको उदाहरण पेश गरेर पहिले स्वयं आफ्नो तलब घटाउने निर्णय गर्नु भयो। यो सुन्दा सानो कुरा लाग्न सक्छ तर,  नेताले यो प्रतिकात्मक कुरा जुन पाँच सय तलब घटाएर खासै ठूलो फरक पर्ने थिएन तर, देश बनाउने योजना लिएको प्रधानमन्त्रीले “म एक हजार रुपैया छोड्छु भन्दा अनिमात्र किसानलाई भन्न सक्नु हुन्छ तपाई १० रुपैयाँ छोड्नुहोस्। यो चल्दैन म स्वयं आफ्नो तलब र आम्दानीमा कटौती गरिदिन्छु। त्यतिभएपछि जनतालाई भन्ने हक लाग्छ। अन्यथा अरुलाई भन्ने नैतिक अधिकार हुँदैन।”-विपि कोइराला ।

त्यतिपर विगतमा पनि नपुगौ पछिल्ला केही वर्षदेखि चरम ऊर्जा संकट भोग्दै आएको पाकिस्तानले ओलिका समकक्षी पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हालै स्वदेशी लगानीमा नै ५३०० मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउने अभियान थालेका छन्। यो एक उदाहरणिय र प्रेणदायी कर्म हो।
अहिले यद्यपि यो व्यक्तिगत प्रसंग जस्तो होला, वर्तमान प्रधानमन्त्रीको उपचारमा मात्र राज्यको ढुकुटीबाट करोडौँ खर्च भएको छ। बिदेश भ्रमण जादा राष्ट्रिय ढुकुटी जनताको पसिनाको भार त्यत्ती खर्च भइ राखेको छ। गत असार महिनामा प्रधानमन्त्री निवास वालुवाटारमा केपी शर्मा ओलीले खाजामा मात्रै ४ लाख ३ हजार खर्च गरेका थिए । असार २७ गते प्रधानमन्त्री निवासको खाजा खर्च शीर्षकमा प्रधानमन्त्री कार्यालयले ४ लाख ३ हजारको बिल भुक्तानी गरेको थियो । हरेक महिना कम्तिमा ३ लाख र बढीमा ९ लाखसम्म खाजा खर्च शीर्षकमा विल पेश गर्दै भुक्तानी लिएको देखिन्छ । ओलीको सचिवालयले जाँदाजाँदै यही शीर्षकमा पुन १८ लाखको बिल पेश गरेर गएको छ । 

आफू केहि पनि नछोड्ने र जनतालाई मात्रै छोेड भन्ने? जनताप्रती राज्यसंयन्त्रस्ंग मितव्ययिता हुनुपर्न तर बिडम्बना जनतामा कर रहरले होइन डरले बाध्यता बनेको छ। जनतासमक्ष लालिप्यता र मुखदर्शक बनिरहदा अशान्तिको राग, अविश्वासको पर्खाल जनमस्तिष्कमा घुस्न लागेको छ।

सायदै कुनै पद्धति परिवर्तन हुने बित्तिकै समस्या छुमन्तर हुने होइन तर सत्ताभोगी सासकहरुले बेचेका रेडिमेट र मेकपपुर्ण सपनाहरुमा जनताहरु डुबाएकाले जनताको मस्तिष्कमा जादुको छडी झै देश विकास  परिवर्तनको परिकल्पनामा छ्न। तसर्थ पनि, कुशल राज्य सञ्चालन गर्न कुशल नीति या रणनीति राजनिती प्रती समकालीन समयमा नागरिक प्रती त्यति प्रगढ विश्वास छैन। देशमा शान्ती र समृद्धिको स्थापना गर्न सर्वप्रथम राजनीति प्रति विश्वास केन्द्रीत गर्दै जनतामा दायित्व बोध गराउदैं दिगो शान्तिको प्रत्याभुति साथ, जनताको / कार्यक्रताको मस्तिष्कमा राजनीति servent को रुपमा होइन विकासको सन्दर्भमा राजनीति  server को रुपमा अगाडि बड्छ भन्ने विश्वस घुसाएर विकासोन्मुख नीति तथा कार्यक्रमका पुर्व कार्ययोजना तय गर्दै जनसभागिताको साथ समृद्धिको अभियानमा पाईला चाल्नुपर्दछ। #जय_नेपाल !!!

-बिबेक_पराजुली ।

(ने.बि.संघ पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ सचिव)

अध्यापन: व्यवस्थापन संकाय स्नातक तह प्रथम वर्ष । (पृथ्वीनारायण क्याम्पस पोखरा।)

थप:

#आश्विन २२ गते सोमवार २०७५

Post a Comment

0 Comments