Time

Ticker

6/recent/ticker-posts

मैले चिनेको रामकाजी दाइ ~ भानु पराजुली

वैशाख २६,सोमबार ०७९
पंचायत कालमै, २०४६ सालमा जनसिद्द निमावि हर्पनमा कक्षा १ पढ्दा पहिलो पटक भेंटेको थिए, जुन वेला उहाँले हामीलाई पढाउनुहुन्थ्यो । त्यो वेला हामीलाई प्रजातन्त्रका वारेमा सिकाउनुहुन्थ्यो ।

 त्यसपछि सरकारी जागिरै छाडी राजनीति र समाजसेवामा सक्रिय हुनुभयो ।२०५८ सालपछी उहाँ संग मेरोपनि राजनीति रूपमा वहस र घनिभूत छलफल चलिरह्यो। निरन्तर फेवा देखि पन्चासेसम्मको जलाधार संरक्षण र प्रवर्धन गर्न निरन्तर हिड्ने असल मान्छे रामकाजी दाई नै हो। त्यसैले यति चांही भन्छु: रामकाजी दाई जस्तो इमान्दार, सरल, लगनशील, समन्वयकारी र सदाचारी अभिभावकीय भूमिका खेल्न सक्ने नेता पोंखरा-२३ मा विरलै  छन्।

"जुन गांउ छैन् जहां रामकाजीको पहलमा वनेका मोटरवाटो, तटवन्ध, कुवा पोखरी नभेटिउन, कुन गांउ छैनन उनले वांडेका मौरीका घार, भकारो गोठ सुधार हुन वा आयआर्जनका लागि दिईएको सहयोग नै किन नपुगेको होस् ।त्यसैले फेवाको मुहानवासी भन्छन्,- रामकाजी गुरूङको अर्को नाम हो-विकासकाजी । 
रामकाजी गुरुङ्ग एउटा अनुभव हो , पञ्चासे संरक्षण क्षत्रमा नेतृत्वदायी गरेका गुरुङ्ग पर्यटन प्रवर्द्धन, स्थानीय स्रोत साधनको समुचित प्रयोग र उपयोगमा राम्रो नहिकबाट दखल राख्दछ्न। वडाको विकासकोलागि अपरिहार्य संभावना पर्यटन हो। हाम्रै गांउठांउको विकासमा संधै हामीसंग रहने रामकाजी गुरूङको पोखरा-२३ मा विकल्प छैन् । पोंखरा-२३ को विकासमा संधै प्रतिवद्द रामकाजी गुरूङ दाईलाई वडाध्यक्षमा विजयको शुभकामना ।"

 ठुल्ठुला गफ भन्दा गर्न सकिने काम- खोला नियन्त्रण, वातावरण पार्क, सडक, पानी, कृषि, पर्यटन विकास, स्वास्थ्य तथा फोहोर व्यवस्थापनदेखि आधारभूत मानवीय र भौतिक पूर्वाधारवाट पोखरा -२३ लाई समृद्ध वडा वनाउने वलियो अठोट रामकाजी दाईको भेंटे ।

 सवैको भावना पनि प्रतिनिधित्व गर्न सक्ने ठुलो छाती र नजानेका कुरामा विज्ञहरु तथा सवै दलहरूको सल्लाह लिएर अघि बढ्ने घोषणा गर्नुभएका रामकाजी दाईको समुन्नत वडा बनाउने मिसनमा मेरो पूर्ण सहयोग हुने प्रतिवद्धता छ तपाईको पनि सहयोग हुने अपेक्षा लिएको छु ।

Post a Comment

0 Comments