पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका वडा नंं २३ ले कार्यसमिति विस्तार गरेको छ ।
संघका सभापति सुजन पराजुलीले बुधबार एक सूचना प्रकाशित गरी कार्यसमिति विस्तार गरेको जनाएका छन् ।
सूचना अनुसार संघको उपसभापतिमा ठूलाखेतकी नीशा भण्डारी, सचिवमा सिधानेका कृष्ण पौडेल, सहसचिवमा घाँटीछिनाका ववीता विश्वकर्मा र सहसचिवमा प्रकाश पराजुलीलाई मनोनित गरिएको छ ।
सभापति पराजुलीले सभापतिमा निहीत अधिकार प्रयोग गर्दै संगठनलाई थप गतिशील बनाउन कार्यसमिति विस्तार गरेको बताए ।
उनले पदाधिकारी चयनसंगै संगठन सशक्त, गतिशील र क्रियाशील हुने र संगठनले थप उचाई हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
0 Comments