आश्विन १२गते शुक्रबार २०७५।

हाम्रो आग्रह सरकार संग होइन सरोकार वाला समझ हो। र पुर्वाग्रह भने सरकार संग नभएको पनि होइन। निर्धक्क रहनुहोस हामी जति लोकतन्त्रमा आस्था राख्छौ निर्वाचनमा विश्वास राख्छौ त्यत्ति नै अर्थात त्यो भन्दा रत्तिभर सरकार संग कम छैनौ। आज प्रश्न उठ्छ स्थिर सरकारको प्रत्याभुती के ले गर्न ? सत्ता र सक्तिको द्म्भले मापन गर्न ? होइन भने उदाहरण एउटै हुन घटना पनि एउटै हो। मात्र दोषी पात्र फरक हुन। आश्विन १०गते मंगलबार पोखराको पुम्दी भुम्दिमा श्रेय सुनारको बलात्कार पश्चात् हत्यागरेको एउटा दोषि हत्यारालाई २४ घण्टा भित्र सजाय मिल्दै गर्दा, न्याय मिल्दै गर्दा केही महिना अगाडि गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा भेटिएको बलात्कार पश्चात् हत्या गरिएको निर्मला पन्तको हत्यारालाई राजनितिक हस्तक्षेप र प्रोपोगन्डाका विच अर्को दोषी उम्काउने सरकारको नियती या असक्षमताले कानुन न्याय र शान्ति सुरक्षा प्रती अत्यन्तै लज्जास्पद र चिन्ताजनक विषय उत्पन्न भएको छ।
यो मानेमा हाम्रो पुर्वाग्रह सरकार समक्ष छ न्याय माग्दै जनता सडकमा ओर्लिनु र जनप्रतिनिधि सांसदहरूले सदनमा सरकारको आलोचना गर्नुलाई प्रतिक्रियावादीको षड्यन्त्र चिर्न अरिंगालले जस्तै जाईलाग्ने सम्मानिय प्रधानमन्त्री ओली कुर्लिनु र बलात्कार, हिंसा र हत्याजस्ता आपराधिक क्रियाकलाप बढाएर सरकारविरुद्ध षड्यन्त्र गरिँंदै छ भन्ने निराधार तथा गैरजिम्मेवारीपूर्ण ने.क.पाका अध्यक्ष प्रचण्डको अभिव्यक्ति मुलुकमा बढ्दो सामाजिक समस्याको राजनीतीकरण गर्न खोजेका छ। हुनत
असक्षमता प्रकाष्ट सबै आफ्नो कम्जोरी त्रुटिले जवाफबिहिन हुदा सबै दोष जिम्मेवारी जति अमूर्त शक्ति वा शत्रुतिर थुपार्छ।
तर देशकै प्रमुख प्रतिनिधि पात्र र दुई तिहाई बहुमतको सत्तापक्षय प्रमुखको संसदिय विधि र न्यायिक स्वतन्त्रताको आवाज सांघुराउने संघिय लोकतान्त्रिक व्यवस्थामा यो जस्तो गैरराजनीतिक धारणा अरु के होला ? यसै प्रश्नले स्पष्ट व्यवस्था वाधक देखाईरहेको छ। यसर्थ सरकार वालाको शैलि,सत्तापक्षको विचार र विधि वादक छ। यसले स्पष्ट गैरलोकतान्त्रिक चरित्र उजागर गर्दछ।
सरकार वाला संग यसर्थ आग्रह पनि छ। जिम्मेवारी पदमा वसेको गृह मन्त्रीले बलात्कार र हत्याजस्तो कठोर कानुनी कारबाहीयोग्य अपराधलाई उनले पुँजीवादसँग लगेर जोडिदिने गैरजिम्मेवारपुर्ण अभिव्यक्तिले संसदीय प्रक्रीया माथिनै उही व्यवस्थामा मन्त्री हुने, विरोध पनि गरिरहने नैतिक प्रश्न उनकै अभिव्यक्तिले उब्जाएको छ । यसै प्रश्नले स्पष्ट व्यवस्था वाधक देखाईरहेको छ। यसले स्पष्ट गैर संवैधानिक व्यवस्थाको भित्री आसय र नियती उजागर गर्दछ।
सरकार वाला सत्ता पक्षको न्यायको अगाडि देखाएको गैरलोकतान्त्रिक र गैरसंवैधानिक चरित्रले पुँजीवादलाई मुख्य दोष थुपारेर विधि व्यवस्था र विचारको वादकले साम्यवादको राग महसुस गर्न सकिन्छ।
हामी व्यवस्था वाधक देख्छौ अवस्था दयानिय बन्दै छ, अशान्ती हिंसा र अत्याचारले राष्ट्रियता माथी आंच अवस्य पुग्दछ।
“राष्ट्रियता विनाको समाजवादको कुनै तुक अर्थ छैन।”
व्यक्तिगत स्वतन्त्रताको निम्ति जन्मिएको प्रजातन्त्र व्यक्तिगत स्वर्थको भावना परिस्क्रीत बन्दा यसबाट थिग्रीएको समाजवादको अर्थले संम्भवत कुनै मुल्य समेट्दैन।आजको परिवेशलाई निहाल्दा करिब ६८ वर्ष लगानी गरेको प्रजातन्त्र भित्रै राष्ट्रियता मिश्रति हुनुपर्छ अर्थात प्रजातन्त्रको लगानिमा सावाँको भुमिका राष्ट्रियताको हुन्छ।यसर्थ पनि राष्ट्रियता विना प्रजातन्त्रलाई निहाल्न सकिन्न र राष्ट्रियता र प्रजातन्त्र विहिन समाजवादको विकल्प परिस्थितिले स्विकार्दैन।तसर्थ आजको समयले मागेको समाजवाद राष्ट्रियता र प्रजातन्त्र विचको पुल बनेर उभ्याईनु पर्न समानान्तर समाजवाद हो।
#जय_नेपाल !!!
हाम्रो लागि समृद्धि शान्ती सुरक्षा राष्ट्रियता र प्रजातन्त्र सहितको विगतको उपलब्धि संस्थागत गर्न खाल्को होस।
विगतको घटना एउटा उदाहरण बन्यो स्मरण गरौ प्रथना गरौ नदोहोरियोस अपवाद नै ठानौ सम्झौ भोलि त्यो उदाहरण नयाँ पात्र आफू माथिपनी पर्न सक्छ। हिंसा र अत्याचारको प्रतिकार एकजुट भएर गरौ। बलत्कार कुनै महिला हिंसा मात्र होइन सामाजिक समस्या मुल जड बनेर खडा भएको विषय हो। सायदै यस्को निरुत्साहित बलियो कानुनले त नगर्ला तर शान्ती सुरक्षाले वलत्कारिको मनोवृत्ति अवस्य कम्जोर पार्न छ।
#जय_नेपाल !!!
-बिबेक_पराजुली ।
(ने.बि.संघ पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ सचिव)
अध्यन: व्यवस्थापन संकाय स्नातक तह प्रथम वर्ष । (पृथ्वीनारायण क्याम्पस पोखरा।)
- ने.बि.संघ पो.ले.मा.नपा २३ फेसबुक पेज।
- ने.बि.संघ पृथ्वीनारायण क्याम्पस फेसबुक पेज
- ने.वि.संघ चिन्तन समूह फेसबुक पेज।
- ने.बि.संघ पृथ्वीनारायण क्याम्पस क्षात्रा ससक्तिकरण संघ फेसबुक पेज।

0 Comments