Time

Ticker

6/recent/ticker-posts

ने.वि.संघ पोखरा माहानगरपालिका वडा नं २३ सभापतिमा पराजुली।

 १७ फाल्गुन ०७६, पोखरा।

ने.वि.संघ पोखरा माहानगरपालिका वडा नं २३ समितिको तेस्रो अधिवेशन सम्पन्न गरेकाे छ । सरकारले पुस्तक माथी लगाएको करको विरुद्धमा “सरकार आफ्नो कर्तुत सच्चाउ किताब संग नडराउ” भन्ने नाराका साथ संगठन थप गतिशिल एवंम सृजनशिल बनाउने अभिष्टले गरिएको तेस्रो अधिवेशनबाट निर्विरोध सभापतिमा सुजन पराजुली चयन भएका छ्न।

पोखरा माहानगरपालिका वडा नं २३ स्थित ठुलाखेत भवनमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथी ने.वि.संघ कास्की जिल्लाका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद पौडेल र विशिष्ट अतिथी ने.वि.संघका उर्जावान गतिशील नेता पशुपति भट्टराई भएका थिए।

ने.वि.संघ कास्की जिल्ला पुर्व अध्यक्ष एवंम ने.वि.संघ जनप्रीय क्याम्पसका पुर्व सभापति लक्ष्मी प्रसाद पौडेलले प्रमुख अतिथिको रुपमा बोल्दै

युवा विधार्थिको काधमा ठूलो जिम्मेवारी आईपुगेको छ देशमा पुर्ण संकट आईपरेको छ र त्यसको समधान पनि नेविसंघले नै आवस्यक पर्न भएकाले युवाहरुमा अन्तरक्रिया हुन जरुरत रहेको

बताएका थिए।

ने.वि.संघका गतिशिल एवंम उर्जाशिल संगठक पशुपति भट्टराईले

सारंगी रेटेर मुरली बजाएर पार्टी नेतृत्वको एकताको संकेत दिएको नेकपा कमिटीले, प्रधानमन्त्री ज्युको जन्मदिनमानै सोही कार्यदल नेपालको नक्सा काटेर दिएको संन्देस संगै संसदीय पद्धति र प्रक्रिया बाहिर निर्वाचित सत्तासीन सांसदहरुकै कदमले यो व्यवस्था र स्ववियु निर्वाचनको अनिश्चितता पुष्टि गरेप्रति आपत्ति जनाउँदै भाट्टराईले यो व्यवस्था जोगाउने जिम्मेवारी जननिलाई रहेकोले ने.वि.संघ थप सचेत र सजग हुँनुपर्न

बताएका थिए।

IMG20200229154853.jpg

राजिव पौडेलअस्मिता घतानेले स्वागत मन्तव्य राखेको उक्त अधिवेशनको सुभकामना मन्तव्य भरतराज भण्डारीधन बाहादुर गुरुङ्ग,मोतिलाल पराजुलीप्रेम पराजुलीसुमित पराजुली, विनय पौडेलशिव बुढाघरेपवन अधिकारीविशाल पराजुलीकिरण बरालअभिनन्दन बाजिमायाले गरेका थिए।

उक्त अधिवेशनमा ने.विसंघ कास्कि क्षेत्र नं ३ का निवर्तमान अध्यक्ष एवंम ने.वि.संघ पोखरा माहानगरपालिका वडानं २३ का सल्लाहकार सुमित पराजुलीले

बहुमत र स्थिरता अन्तरसम्बन्ध नरहेको र त्यस्को पुष्टि पुजिगत खर्चले देखाएको जिकिर गर्दै बिकासमा अवरोध स्रोत साधनको कमि भन्दापनी सरकारको नेतृत्वको असक्षमता कारण रहेको

बताएका थिए।

उक्त अधिवेशनमा अधिकांस मन्तव्य दिनुहुने नेताहरुले रक्त रञ्जित कलम मसाल अङ्कित झण्डा बोकेका सहिदहरुको त्याग र बलिदानबाट जन्मिएको माटो सुहाउदो सिद्धान्त र आदर्शलाई अनुसरण गर्दा ने.वि.संघ नेपाली काङ्ग्रेस युवा अधिकार आवाज र समृद्धिको सिखर, तर्फ आरोहण गर्न सफल हुने जोड दिएका थिए।

20200301_080958.jpg

सरकारले किताबमा लगाएको करको बिरुद्धमा

  • किताबमा लगाईएको कर खारेज गर !!!
  • सरकार आफ्नो कर्तुत सच्चाउ, किताबसंग नडराउ !!!
  • करको नजर ज्ञानमा होइन, बेरुजु रकमको ध्यानमा जाओस !!!
  • बिरोध होइन अनुरोध, किताब पढ्न दिन अनुरोध !!!

भन्ने नारा संग अगाडि बढेको अधिवेशनबाट सुजन पराजुली सर्वसम्मत सभापति चयन हुनुभएको छ भने उपसभापति मनिश पौडेलअनिशा देवकोटा, सागर पराजुली,चन्दन पराजुली सचिबमा दिपिका घताने, सह-सचिव रबिन्द्र पराजुली, कोषाध्यक्षमा पर्वत भण्डारी र सदस्यमा क्रमश सुजन पराजुली , नितेश चापागाइ,टिकाराम बि.क ,प्रताप पराजुलीनिराजन पराजुलीउत्तम भण्डारी लगाएत कार्यसमिति विस्तार गरेको छ। कार्यक्रम समापन पश्चात् खाजाको आर्थिक सहयोग उक्त वडाका वडाध्यक्ष विष्णु पराजुली प्रती हार्दिक धन्यवाद दिएका थिए।

काण्डै काण्डमा सरकार रुमलिएकोले सहि दिशानिर्देश चेतनशिल बिद्यार्थीकै रहने जोड दिदै ने.वि.संघ पोखरा माहानगरपालिका वडा नं २३ का सभापति जीवन भण्डारीले कार्यसमितिलाई सुभकामना दिदै कार्यसमिति नाम घँषणा गरेर कार्यक्रम समापन गरेका थिए।

ने.बिसंघ पृथ्वीनारायण शिक्षासास्त्र संकाय सचिब सफल बुढाघरेले

ने.वि.संघमा स्वतन्त्रता रहेको र त्यो सोतन्त्रता बाहिर सिङ्गो विश्व पनि अँध्यारो रहेकाले यो चेतना सृजना समानता र स्वतन्त्रताको प्रतिबिम्ब लोकतन्त्रको पहरेदार प्रतिनिधित्व ने.बि.संघले गरेको

जनाए।

20200301_081105.jpg

ने.वि.संघ पोखरा माहानगरपालिका वडा नं २३ का सचिव एवंम उक्त अधिवेशन कार्यक्रम सञ्चालन गर्दै विबेक पराजुलीले

किताबमा कर आर्थिक पक्षमात्रै नभैइ नितिगत पक्षपनी भएकोले ज्ञान माथिको बिर्कोले निशासिएर बिद्रोह जन्मने बताउदै पराजुलीले पद अवसर मात्र होइन त्यो भन्दा बढी जिम्मेवारी र दायित्व हो भन्दै नव निर्वाचित कार्यसमितिलाई बधाई एवंम सुभकामना

दिएका थिए।

Post a Comment

0 Comments