०६ बैशाख ०७७,पोखरा।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरस लकडाउनबाट प्रभावित भई हिँडेरै घर फर्कन लागेका पैदलयात्रुहरूलाई र प्रविधिक कारणले स्थानिय राहातमा समावेश नभएका पिडितहरुलाई सहयोग गरेको छ।
नेविसंघ केन्द्रिय कार्यसमिति अनुसार आफ्नो ५१ औं स्थापनाको दिवसको अवसरमा सर्वजनिक गरेको परिपत्र अनुसार नेविसंघ कास्कीले सहयोग गरेको छ। नेता पशुपति भट्टराईको नेतृत्वमा नेविसंघ कास्कीले पोखरा र लेखनाथ क्षेत्रमा छुट्टा छुट्टै समूह गठन गरी पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाइ आवासका लागि स्थानीय सरकार, जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलय कास्कीसँग अनुमती लिएर व्यवस्थापन गरिने बताएको छ्न।

आज वितरण गरिएको सहयोगमा ५ परिवारलाई एक महिना पुग्ने गरि खाध्यन्न बितरण गरिएको जानकारी गर्दै नेविसंघ कास्किका नेता प्रताप बानियाले कसैको सहयोग नलिई स्वस्फूर्त रुपमा नेविसंघका साथिहरुले खाजा खर्च कटौती गरि सहयोग गरिएको बताएका छ्न।
यो सहयोगले अलपत्र परेका व्यक्तिहरुलाई थोरै भए पनि राहत मिल्ने र यस्तै परिस्थितिमा गुज्रीई छाक टार्न पनि मुस्किल परेकोलाई भविस्यमा सक्दो सहयोग गर्छौं भनेर कार्यक्रम संयोजक पशुपति भट्टराईले जानकारी दिए।साथै भट्टराई कार्यक्रममा सक्रीय सहभागी जनाउनेहरुलाई आभार प्रकट गरेका छ्न।
सम्पर्क नम्बरहरु
पोखरा अन्तर्गत: ९८५६०७४४५१ – पशुपति भट्टराई ९८५६००००१८ – नसिब गुरुङ ९८४०६८९९३९ – सञ्जय पौडेल ९८५६०७७१७१ – डिफान भुजेल ९८५६०२९७४१ – असिम सुबेदि ९८१७१९८३०३ – गौरब बराल ९८६७३५९१५३ – बिबेक पराजुलि ९८४६८२३२८५ – शिव बुढाघरे ९८०६६०८५११ – सञ्जय आले ९८१५१४००७९ – सुमित पराजुलि ९८२६१२४८२१ – सुजि मगर ९८६९१४१४६५- सञ्जिता आचार्य ९८१४११५५९० – सबिना तिमिल्सिना ९८५१२७११४७ – निर्दोष बिक्रम पौडेल लेखनाथ अन्तर्गत: ९८२४१८११५३- सुबास भण्डारी ९८१७१६४८३४ – प्रकाश पुन ९८४६८५०२२३ – प्रताप बानियाँ ९८०५८५७०९० – सुमिर जङ्ग गुरुङ ९८५६०१५८२७ – रसिस भण्डारी ९८१६६५३९७७ – प्रबिन ओझा ९८२५१३५७४१-कृष्ण
0 Comments