“सुशील कोइराला सोसलिस्ट युथ सर्कल“ कास्कीमा सर्कलका अध्यक्ष प्रभात न्यौपानेले पदाधिकारी शनिबार ७ पधादिकारी मध्य सह सचिबमा चन्दन पराजुली मनोनित भएका छ्न।
पराजुली नेविसंघ पोखरा महानगरपालिका वडा नं २३ कार्यसमितिका उपसभापति समेत हुन।। ‘बिकासका निम्ति साझा मन,युवाहरूको अभियान’ को मुलनारा सहित उक्त सर्कल स्थापना भएको थियो।
पदाधिकारी नियुक्त गर्दै अध्यक्ष न्यौपानेले संस्थाको विधि विधान अनुरुप संस्थागत उदेश्य प्राप्तिका लागी लागिपर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन ।
२०७७ असार मा स्थापना भएको सर्कलमा सदस्यहरुको संख्या थप गर्न बाँकि रहेको र सदस्य चयनको काम सकिएपछि सर्कलको कार्यसमितिले पुर्णता पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।
0 Comments